नियम ३८
सुरक्षा तथा स्वास्थ्य समितिको काम, कर्तव्य र अधिकार
(१) सुरक्षा तथा स्वास्थ्य समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः-
(क) नियम ३४ बमोजिम बनाएको नीतिको कार्यान्वयन भए नभएको अनुगमन, मूल्याङ्कन गर्ने,
(ख) व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धमा अपनाउनु पर्ने नीति वा भैरहेको नीतिमा सुधारको लागि रोजगारदातालार्इ सुझाव दिने,
(ग) ऐन र नियमावलीमा उल्लेख भएका व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी व्यवस्थाहरूको कार्यान्वयनको अनुगमन, मूल्याङ्कन गरी रोजगारदातालार्इ सुझाव दिने ।
(२) ऐनको दफा ७४ को उपदफा (३) मा उल्लेख भएको अतिरिक्त विभाग वा कार्यालयले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धमा रोजगारदातालार्इ दिएको निर्देशन वा आदेशको पालना गर्नु, गराउनु सुरक्षा तथा स्वास्थ्य समितिको कर्तव्य हुनेछ।